• Monday 5th of October 2026

पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो


  • धनकुटा खबर
  • .

कैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको कुँवरले बताए ।

‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।

शनिवार पल शाहको ब्रासलेट हराएको बारे आइतबारका उद्घोषकले पनि जानकारी गराएका थिए । तर, अहिले सम्म पनि ब्रासलेट नभेटिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖