• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै बिद्यार्थीलाई बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

रामेछाप — आफ्नै विद्यालयकी छात्रालाई ललाइफकाई बलात्कारको प्रयास गर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

कक्षा ९ मा अध्ययनरत छात्रालाई गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिने भनेर फकाइफुलाई सार्कीले आफ्नै घर आसपासको कोही नभएको पुरानो घरमा लगेर बलात्कार प्रयास गरेको जाहेरी आइतबार जिल्ला प्रहरी कार्यालयमा परेको थियो । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार बालिकाले आफूलाई शिक्षक सार्कीले प्रश्नपत्र दिने भनेर फकाएर आफ्नो घरनजिकै रहेको पुरानो घरमा लगेको र संवेदनशील अंग समाई बलात्कार गर्ने प्रयास गरेको भन्दै आइतबार जाहेरी दिएकी थिइन् । गाउँपालिकाले दिएको अनुदानबाट तलब भत्ता खाने सार्की कम्प्युटर शिक्षा पढाउने करारका शिक्षक हुन् ।-टीकाप्रसाद भट्ट/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖