• Tuesday 6th of October 2026

भारतको लोकसभाबाट ३० सांसद निलम्बित


  • धनकुटा खबर
  • .

२ पुस, काठमाडौं । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेका छन् ।

हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए ।

डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरुले लोकसभामा विरोध जनाएका थिए ।

दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठकस्थलमा कुदेर धुँवा फैलाएको बारेमा उनीहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए । विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖