• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा आज वर्षकै चिसो


  • धनकुटा खबर
  • .

काठमाडौं— चिसो बढेसँगै देशभरका विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ ।

काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो । यो यसवर्षको सबैभन्दा कम हो ।

काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीच रहने महाशाखाले जनाएको छ ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस थियो । मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियस झरेका थियो ।

आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖