पोखरामा लागूऔषधको कारोवार गरेरको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीले लागूऔषधको कारोवार गरेको आरोपमा पोखरा १० रंगशाला गेट अगाडि खाजा घर संचालन गर्दै आएकी ४९ बर्षकी देवीमाया गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङलाई लागूऔषधसहित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।
खाजाघरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ किलो २ सय ८० ग्राम गाँजा र नगद ८७ हजार ४ सय ३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी गुरुङविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
