• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जिप दुर्घटना हुँदा १३ जना घाइते


  • धनकुटा खबर
  • .

अछाम, ३ पुसः अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएकोे भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖