• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पोखरा घुम्न आउनेलाई हनी ट्रयापमा पारी लुटपाट गर्ने २ युवती र ३ युवक पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा संलग्न ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ महिला र ३ पुरुष छन् ।

पृथ्वीचोक बसपार्कमा आन्तरिक एवं बाह्य पर्यटकमध्ये महिलाको प्रयोग गरी पुरुष व्यक्तिलाई होटल मिलाइदिने तथा विभिन्न बहानामा एकान्तमा लगेर नगद, मोबाइलसमेत लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनायो ।

पक्राउ पर्नेमा पोखरा २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन घर भइ हाल पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, लमजुङको बेंशीसहर घर भई हाल पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ, पोखरा ९ कै १९ वर्षीया मञ्जु नेपाली र सोही ठाउँकी १९ वर्षीया सम्झना परियार हुन् ।

वडा प्रहरी कार्यालय बैदामले अभद्र व्यबहारसम्बन्धी कसूरमा बुधबार ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖