• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि…


  • धनकुटा खबर
  • .

पोखरा— पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एअरले जनाएको छ ।

ढोका खोलेको विमान बुद्ध एअरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को जहाजबाट ल्याउन लागेको पनि बुद्ध एअरले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖