• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘चाेर बाटाे’ हुदै अमेरिका हिँडेका श्रीमान–श्रीमतीसहित आठ जना नेपाली फिलिपिन्समा बन्धक


  • धनकुटा खबर
  • .

अमेरिका हिँडेका दाङका आठ जना फिलिपिन्समा बन्धक बनेका छन्। लाखौँ रुपैयाँ बुझाएर अमेरिका हिँडेका एक जोडी (श्रीमान–श्रीमती)सहित आठ जनालाई दलालले फिलिपिन्समा आठ महिनादेखि बन्धक बनाएको हो।

अमेरिका पठाउने भन्दै लाखौँ रुपैयाँ लिएर दाङको डुरुवा निवासी लक्ष्मी डाँगी र सञ्जय गुरुङ अहिले सम्पर्कमा छैनन्। उनीहरु सम्पर्कमा नभएपछि आठ जना फिलिपिन्समा बन्धक बनेका हुन्।

दाङ शान्तिनगर गाउँपालिका– ५ का मोहन रावतलाई अमेरिका पठाउने भन्दै गत साउनमा साविक दाङको डुरुवा गाविस– ३ की लक्ष्मी डाँगीले २१ लाख रुपैयाँ लिएकी थिइन्।

तर, उनले मोहनलाई फिलिपिन्समा लगेर बन्धक बनाएको मोहनका बुबा कमल रावतले बताए। उनले साहुबाट ऋण लिएर छोरालई अमेरिका पठाएको र अहिले आफू समस्यामा परेको बताए।

यस्तै तुलसीपुरका कमल वलीलाई अस्ट्रेलिया पठाउने भन्दै उनै एजेन्ट डाँगीले १८ लाख लिएर उनलाई पनि फिलिफिन्समा अलपत्र पारेको कमलकी श्रीमती करिश्मा केसी (वली)ले बताइन्। उनले भनिन्, ‘अस्ट्रेलिया पठाइदिन्छु भनेपछि १८ लाख दिएर श्रीमानलाई पठाएको हो तर अहिले श्रीमानलाई फिलिपिन्समा बन्दक बनाइएको छ। त्यहाँ निकै कष्टकर जीवन छ रे।’

घोराहीकी गीता केसीका छोरा–बुहारी पनि फिलिपिन्समा रहेका छन्। नेपालबाट जापानको लागि तयारी गर्दा भिसा नलागेपछि लक्ष्मीले सहज रुपमा पठाउने भन्दै उनीसँग पनि ३० लाख रुपैयाँ लिएको गीताले बताइन्।

लामो समयदेखि फिलिपिन्समा अलपत्र रहेका आफ्ना छोरा बुहारीलाई उद्धार गरी नेपाल ल्याउन आग्रह गर्दा पनि एजेन्टले चासो नदिएको र उल्टै धम्की दिने गरेको उनको भनाइ छ।

तुलसीपुरका गोपाल खड्का जापानमा पढ्दै आएका थिए। उनलाई पनि अमेरिका पठाउने भन्दै ३२ लाख लिएको गोपालकी आमा खुमा खड्काले जानकारी दिइन्।

जापानमा राम्रो नभएपछि छोरालाई अमेरिका पठाउने भन्दै लक्ष्मीको विश्वास मानेर पैसा दिएको र अहिले छोरा जापानमा लुकेर बसेको उनले बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖