• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

थुनुवाको मृत्युपछि धनुषामा प्रदर्शन, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं— धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा गएराति एक जना थुनुवाको मृत्यु भएको छ । थुनुवा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरिएको बताए ।

त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖