• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन


  • धनकुटा खबर
  • .

कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा शुक्रबार राति १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत् इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो।

‘तोकिएको अवधिसम्म आवेदन दिनेको संख्या दुई लाखसम्म बढ्ने देखिन्छ,’ सुवेदीले भने,‘गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन्, यसो हुँदा संख्या थप बढ्ने भएको हो।’

गत साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो। त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरूद्ध गएका थिए। अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिसकिएको छैन।-सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖