• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अदालत लैजाँदै गर्दा अभियुक्त फरार


  • धनकुटा खबर
  • .

सिरहा । बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका ३६ वर्षीय छोटु सदाय मुसहर फरार भएका छन् ।

३६ वर्षीय सदाय बाल यौन दुर्व्यवहार मुद्दामा बिहीवार पक्राउ परेका थिए । शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिँदै गर्दा सदाय इप्रका प्रहरी कार्यलय लहानको गाडीबाट हाम फालेर फरार भएका हुन् ।

सदायले सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडीबाट म्याद थपको लागि ओर्लिने क्रममा हत्कडी फुकाल्दा हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

फरार सदायको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖