• Tuesday 6th of October 2026

क्रिसमस डिनरपछि एयरबस एट्लान्टिकका ७०० कर्मचारी बिरामी


  • धनकुटा खबर
  • .

फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले क्रिसमसको रात्रिभोजपछि एयरबस एट्लान्टिक कम्पनीका ७ सयभन्दा बढी कर्मचारी बिरामी परेको बताएका छन्।

एआरएस हेल्थ केयरका अनुसार पश्चिमी फ्रान्समा रहेको कम्पनीको साइटका कर्मचारीहरूले बेलुकाको खाना खाएपछि बान्ता र पखाला लागेको गुनासो गरेका हुन्।

ठूलो मात्रामा खाद्य विषाक्तताको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरिएको समाचार एजेन्सी एएफपीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। क्रिसमसअघि दिइएको यो डिनर फिस्टको मेनुमा के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन।

एयरबस एट्लान्टिक विश्वको सबैभन्दा ठूलो विमान निर्माता एयरबसको सहायक कम्पनी हो। यसले पाँच देशका १५ हजार जनालाई रोजगारी दिएको छ।

पूरै एयरबस समूहमा १ लाख ३४ हजार मानिस काम गर्छन्। समूहले विमान, हेलिकप्टर, रक्षा, अन्तरिक्ष र सुरक्षा उद्योगमा काम गर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖