• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । बारामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको कलैया उप–महानगरपालिका–१३ बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उप–महानगरपालिकाको वडा नम्बर १२ बस्ने २२ वर्षीय अभिमन्यु कुशवाहा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार राति बाराको प्रसौनीमा आफै अनियन्त्रित भएर दुधौरा खोलाको पुलको पिल्लरमा ठोक्किन पुगेको थियो । घटनामा दुई जना गम्भीर घाइते भएका थिए ।

उनीहरूको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖