• Sunday 4th of October 2026

चीनबाट एक किलो सुन बोकेर आएकी महिला अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

चीनबाट एक किलो सुन बोकेर स्थलमार्ग हुँदै रसुवागढी आइपुगेकी महिला अस्पताल भर्ना भएकी छन् । उनलाई अवैधरूपमा सुन आयात गरेको अभियोगमा प्रहरीले सीमा नजिकैबाट हिजो पक्राउ गरेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ सुनसहित पक्राउ परेकी हुन् । उनले चीनको स्वशासित क्षेत्र तिब्बतको केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ ल्याएको बताइन्छ ।

रसुवागढी नाकाबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेकी हुन् । त्यसपछि उनी अकस्मात बिरामी परेकी हुन् । बिरामी परेपछि पाछेमुलाई धुन्चेस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖