• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सासु-बुहारी जंगलमा मृत फेला, बाघले आक्रमण गरेको अनुमान


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस ९ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको हो ।

आइतवार दिउँसो सासु बुहारी घास काटन् जंगल गएकोमा अवेर साँझसम्म पनि घर नफर्किए पछि खोजि गर्ने क्रममा गए राति ११ वजे जंगलमा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताए ।

मृतक दुवै जनाको कम्परा र पछाडीपट्टी ढाडमा चोट रहेकाले स्थानीयले बाघले आक्रमण गरेको अनुमान गरे पनि पोष्टमाटम पछि मात्र यथार्थ खुल्ने प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान कार्य शुरु गरि दुवै शवलाई पोष्टमाटमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖