• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पोखरामा रातारात राजा वीरेन्द्रको सालिक राखियो


  • धनकुटा खबर
  • .

पोखरामा रातारात राजा वीरेन्द्रको सालिक पुनः राखिएको छ ।

गएराती मध्यरातमा पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बीरेन्द्रचोकमा राजा बीरेन्द्र बीर बिक्रम शाहदेबको शालिक पुनर्स्थापित गरिएको हो ।

राजावादीहरुको सहयोगमा स्थानीय जनताको सक्रियतासंगै गएराती १ बजेर ४५ मिनेटको शुभ-मुहुर्त पारेर राजा बीरेन्द्र बीर बिक्रम शाहदेबको शालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामकरण गरिएको थियो।

सालिक ठड्याउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित नेता/कार्यकर्ताको हात रहेको बताएको छ। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा सालिक स्थापना गरिएको थियो।

क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए। राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको सालिक पुन:स्थापनाको माग गरिरहेको छ।

पोखरा-९, पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक पनि आन्दोलनका क्रममा तोडफोड गरिएको थियो। पछि त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखियो।

पृथ्वीकै सालिक राखिनुपर्ने भन्दै लखनको सालिकको तल पृथ्वीनारायणको प्रतिमा लगेर राखे पनि पोखरा महानगरले त्यसलाई हटाइदियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖