• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धरानमा जुवातास खेलिरहेका ९ जना पक्राउ


  • धनकुटा खबर
  • .

सुनसरी । धरानमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖