• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल बैंकले घडेरी किन्न ऋण दिने, कर्जा अवधि २० वर्ष


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल बैंकले घडेरी कर्जा दिने भएको छ। ‘हामी तपाईको सपनालाई वास्तविकतामा परिणत गर्छौ’,बैंकले जारी गरेको सूचनामा भनिएको छ।

केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा नदिँदा रोकिएको जग्गा बिक्रीलाई चलायमान बनाउन बैंकले घडेरी कर्जा ल्याएको हो।

यो कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षसम्म हुने र सरल प्रक्रिया तथा सुलभ ब्याजदरमा बैंकका सम्पूर्ण शाखामार्फत पाइने जनाएको छ।
राष्ट्र बैंकले पछिल्लो समय जारी गरेको निर्देशिका अनुसार जग्गा धितो राखेर ऋण लिनका लागि ५० प्रतिशतसम्म ऋण पाइने छ। यसअघि काठमाडौं उपत्यका ३० र काठमाडौं बाहिर ४० प्रतिशत मात्र ऋण पाइने भएको छ ।

बैंकले ल्याएको घडेरी कर्जाले पछिल्लो समय सुस्ताएको घर जग्गाको कारोबारमा चलायमान हुने विश्वास व्यवासायीहरुले लिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖