• Tuesday 6th of October 2026

खाना खाएपछि अलैंची किन खाने ?


  • धनकुटा खबर
  • .

अलैंचीलाई माउथ रिलिभर पनि भनिन्छ। अलैंचीको दाना र तेलमा औषधीय गुण हुन्छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।खाना खाइसकेपछि अलैंची खाँदा मुखमा सुगन्ध आउँछ । यसले माउथ फ्रेसनरको पनि काम गर्छ। यहाँ अलैंचीकाे सेवन किन गर्ने भन्ने विषयमा चर्चा गरिएकाे छ ।

अलैंची खानुका फाइदाहरु
अलैंचीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले मांसपेशी बलियो बनाउन काम गर्छ ।अलैंची खाँदा धेरै प्रकारका समस्याबाट छुटकारा पाउन सकिन्छ । अलैंची खाँदा मुटुलाई पनि स्वस्थ राख्छ । यसले निद्राको समस्याबाट पनि राहत दिन्छ। अलैंची खाँदा मुखबाट ब्याक्टेरिया हट्छ ।

अलैंचीले घाँटी दुखाइबाट राहत
खानापछि अलैंची खाँदा पाचन प्रणाली स्वस्थ रहन्छ । यसले निद्राको समस्यालाई पनि सुधार गर्छ। त्यसैले राति अलैंची खान सकिन्छ । अलैंचीले घाँटी दुखाइलाई पनि निको पार्छ।

अलैंचीको प्रयोग र फाइदाहरू
अलैंची खानुका फाइदाहरूको बारेमा कुरा गर्ने हो भने अलैंचीमा धेरै औषधीय गुणहरू पाइन्छ, जसमा अलैंचीलाई दूधमा उमालेर मह मिसाएर राती सुत्नुअघि खानुहोस्। त्यसैले यसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ।

अलैंचीको नियमित सेवनले क्यान्सर जस्ता खतरनाक रोगलाई हराउन सकिने तथ्य चिकित्सा विज्ञानले भेटाएकाे छ । यसको एन्टी-इन्फ्लेमेटरी तत्वहरूले मुख र छालाको क्यान्सरसँग लड्न मद्दत गर्दछ।

अलैंचीमा म्याग्नेसियम र पोटासियम पाइन्छ जसले गर्दा शरीरको रक्तसञ्चार सधैं सामान्य रहन्छ । फलस्वरूप, रक्तचाप पनि नियन्त्रणमा रहन्छ।

यदि तपाई ग्यास र एसिडिटीजस्ता पेटको समस्याबाट हैरान हुनुहुन्छ भने खानापछि सधैं अलैंचीको सेवन गर्न सक्नुहुन्छ ।

तर, सँगै यदि तपाईले धेरै अलैंची खानुभयो भने यसले पेटमा तातो हुन सक्छ। यसले पनि पेट दुख्न सक्छ। एजेन्सीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖