• Tuesday 6th of October 2026

चीनमा हिम आँधी, तापक्रम माइनस ४०, बेइजिङमा जाडोले तोड्यो ७२ वर्षको कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनमा अहिले निकै चिसो छ। विशेषगरी चीनको राजधानी बेइजिङमा तापक्रम शून्यभन्दा तल पुगेको छ । बेइजिङमा हिम आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

यसअघि सन् १९५१ मा बेइजिङमा यस्तो जाडो थियो जहाँ हिउँको आँधी र माइनस तापक्रमले मानिसको जीवन कष्टकर बनाएको थियो । गत सातादेखि चीनको उत्तरी र उत्तरपूर्वी भागमा कीर्तिमानी चिसो महशुस भइरहेको छ।

आर्कटिकबाट आउने चिसो हावाका कारण उत्तर–पूर्वका केही क्षेत्रमा तापक्रम माइनस ४० भन्दा तल पुगेको छ । बेइजिङमा जाडोको ७२ वर्षको कीर्तिमान तोडिएको छ ।

बेइजिङको मौसम पर्यवेक्षकका अनुसार डिसेम्बर ११ देखि डिसेम्बर २४ सम्म ३०० घण्टाभन्दा बढी समयसम्म तापक्रम शून्यभन्दा तल रेकर्ड गरिएको थियो।

बेइजिङ डेलीका अनुसार यस अवधिमा राजधानीमा लगातार नौ दिनसम्म माइनस १० डिग्री सेल्सियसभन्दा कम तापक्रम रेकर्ड गरिएको थियो।

चीनको शानडोङ प्रान्तको छिङझाउमा झरना जमेको छ । चारैतिर हिउँ देखिन्छ । लिओनिङ प्रान्तको शेनयाङको हुन्हे नदीमा रूखका हाँगाहरूमा हिउँको बाक्लो तह देखिन्छ।

चिसोका कारण चीनका धेरै राज्य प्रभावित भएका छन् । धेरै ठाउँमा विद्यालय बन्द गर्नुपरेको छ भने यातायात सेवामा समस्या परेको छ । बीबीसीको रिपोर्ट अनुसार लगातार चिसोले हेनान प्रान्तमा उर्जा आपूर्तिमा बाधा पुर्याएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖