• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सधैंका लागि कतारमै अस्ताए घुर्बिसेका जापान भनिने अविन्द्र दर्जी


  • धनकुटा खबर
  • .

वैदेशिक रोजगारीका क्रममा कतार पुगेका पाँचथरको फाल्गुनन्द ७ घर भइ हाल घुर्बिसे पञ्चमी बस्दै आएका जापान नेपाली भनेर चिनिने (अविन्द्र दर्जी) को मृत्यु भएको छ । रोजगारीको शिलसिलामा करीब चार महिना अघि कतार पुगेका उनै अविन्द्र नेपाली (जापान) पुस ९ गते बिहान कतारमा ३३ वर्षको कलिलो उमेरमा सधैँका लागि अस्ताएका छन्।

नाताले उनका सोल्टी पर्ने साथीका अनुसार गत भदौ १४ गते विदेश पुगेका उनी कतारको अलोक्तास्थित थ्रेड युनिफर्म कम्पनीमा टेलरिङको काम गर्दै थिए । मासिक १८ सय रियल र बस्ने सुविधामा आफन्तको सहयोगमा एक सय १७ दिन पहिला कतार पुगेर एक हप्तापछि ड्युटी ज्वाइन गरेका दर्जी विरामी भएर कतारस्थित हामद इन्टरनेशनल हस्पिटलमा पौष ७ गते भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था जटिल बनेकाले आईसीयुमा राखेर थप उपचार हुने क्रममा सोमबार ८: ३० बजे विहान अस्पतालले मृत घोषणा गरेको साथमा काम गर्ने उनका सोल्टी युवेन्द्र परिवारले जानकारी दिए । आर्थिक अवस्था निकै कमजोर भएका उनको शव नेपाल ल्याउन समस्या परहेको छ । मृतक दर्जीको परिवारले खर्च गरेर शव ल्याउनसक्ने स्थिति नभएकाले सहयोगका लागि सबैसँग परिवारले आग्रह गरेको छ । करीब दुई महिनाको मात्रै तलब बुजेका दर्जी साहुको ऋण काढेर विदेश पुगेका थिए । धेरै कमाएर छोराछोरी र श्रीमतिलाई सुख सुविधामा राख्ने चाहना बोकेका उनको सपना सपनामै सिमित बन्यो ।

साना दुई छोरा र श्रीमती भएका जापान विगत लामो समयदेखि घुर्बिसे पञ्चमीमा जापान टेलरिङ पसल संचालन गरेका थिए । उनले राम्रो व्यावसय संचालन गर्दै आएका तर, कोरोना महामारी पश्चात् व्यावसाय खच्किएकाले छोराछोरी पढाउन,घरभाडा तिर्न र परिवार पाल्न धौधौ परेका कारण ऋणमा परेपछि विदेशिन बाध्य भएको श्रीमति देवीका लिम्बु दर्जीले बताइन्। हाल सहारा विहिन भएर पती वियोगमा उनलाई परेको पीडा र ठुलो बज्रपात सम्झि नसक्नु भएको छ । श्रीमानको लासको बाकस कुर्न बाध्य बनेकी देविकाले पतिको अभावमा जीवन कसरी चलाउने र छोराछोरीलाई कसरी पाल्ने साथै पढाउने सोचिनसक्नु आपति आइपरेको छ ।

हाल शवलाई छिटो स्वदेश पठाउनका लागि परिवार र विदेशमा रहेका नातेदारले नेपाली दूतावास, एनआ एन तथा विभिन्न सामाजिक संस्थालाई सहयोगको निमित्त आग्रह गरेको छ । सोमबार विहानै दर्जीको निधनबारेको खबर सामाजिक सञ्जालमा फैलिएको थियो। उनको असमायिक निधनको खबरले परिवार, नातागोता र शुभचिन्तकहरु शोकमग्न बन्‍न पुगे । उनीसंगै काम गर्ने नातेदारका अनुसार मृतक दर्जी कतार पुगेको दुई महिनापछि डाड दुखेको, ग्याष्ट्रीक भएको, टाउको दुखेको र घरपरिवार तिरको चिन्ता गरे जस्तो गर्ने गरेको बताए । दैनिक आफ्नो नेपालमा पेसाबाट थोरबहुत कमाइ गर्दै आएका ३३ वर्षसम्म घर नछोडेका उनी सानानानी र श्रीमतिलाई छोडेर परदेश जाँदा होमसिक बनेको उनका निकट साथीहरुले अनुमान गरेको सुनाए । बिरामी भएपछि कम्पनीले उपचार गर्न नेपालका लागि प्लेन टिकट गरेर एयरपोर्टसम्म आएको तर उनले त्यहाँ केही नबोलेपछि कोठामा फर्काएर भोली पल्ट उपचारमा लगेर भर्ना भएको दुई दिनमै निधन भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖