• Monday 5th of October 2026

सलमान खान लागे ५८ बर्ष, भाञ्जीसँग काटे केक, फ्यानहरू घर अगाडी जम्मा हुदैँ


  • धनकुटा खबर
  • .

मुम्बई, ११ पुस । बलिउडका सुल्तान अर्थात् सलमान खान आज ५८ वर्ष लागेका छन् ।

अभिनेताको जन्मदिनमा उनले आफ्ना फ्यान र सबै सेलिब्रेटीहरूबाट धेरै धेरै शुभकामनाहरू पाइरहेका छन्। यसबीचमा हरेक वर्ष झैँ यसपटक पनि उनका फ्यान अभिनेतालाई जन्मदिनको शुभकामना दिन घरबाहिर पुगेका छन् । बिहानैदेखि उनको मुम्बईस्थित घरबाहिर फ्यानको भीड लागेको छ ।

हालै सार्बजनिक भएको भिडियोमा भाइजान अर्थात सलमान खानको घरबाहिर फ्यानको ठूलो भीड जम्मा भएको देख्न सकिन्छ । वास्तवमा धेरै शहरका फ्यानहरू आफ्नो स्टारलाई शुभकामना दिन मंगलबार रातीदेखि उनको मुम्बईको घर बाहिर भेला हुन थालेका छन्।

सबै फ्यानहरू उहाँलाई जन्मदिनको शुभकामना दिन आफ्नो मनपर्ने स्टारको झलक पाउन आतुर छन्। ट्राफिकको गतिमा कुनै अवरोध नहोस् भनेर राखिएका ब्यारिकेड पनि भिडियोमा देख्न सकिन्छ ।

यी सबैको बीचमा सलमान खानले हिजो राती आफ्नी बहिनी अर्पिता खान शर्माको मुम्बईस्थित घरमा परिवार र साथीहरूको उपस्थितिमा आफ्नो जन्मदिन मनाएका छन् । विशेष कुरा के छ भने आज अभिनेताको भान्जीको पनि जन्मदिन हो । अर्थात् सलमान र उनकी बहिनी अर्पिताकी छोरी आयतले एकै दिन जन्मदिन सेयर गर्छन् ।

यस्तो अवस्थामा मामा र भान्जीले मिलेर जन्मदिनको केक काटेका छन् । सलमान खानको जन्मदिनको भित्री तस्विर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पार्टीमा युलिया वन्तुर, अरबाज खान, अरबाज खानका छोरा अरहान खान, सोहेल खान, हेलेन, अल्विरा खान अग्निहोत्री, आयुष शर्मा, अर्पिता खान शर्मा, बबी देओललगायत सहभागी थिए ।

सलमान खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता हालै एक्सन थ्रिलर फिल्म ‘टाइगर ३’ मा देखिएका थिए । मनिष शर्माले निर्देशन गरेको यस फिल्ममा कट्रिना कैफ र इमरान हाश्मीले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ ।

हामी तपाईलाई बताउछौं कि ‘टाइगर–३’, टाइगर फ्रान्चाइजीको तेस्रो किस्ता हो र यो ‘वार’ र ‘पठान’ जस्ता वाईआरएफ जासूस ब्रह्माण्डको एक हिस्सा हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖