• Sunday 4th of October 2026

भारतका तीव्र गतिका बलर बुमराहले नेपालविरूद्ध नखेल्ने


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत भोलि नेपाल र भारतबीच खेल हुँदैछ। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।

खेलका लागि भारतका तीव्र गतिका बलर उपलब्ध नहुने भएका छन्। उनी व्यक्तिगत करणले भारत फर्किएका छन्। उनले नेपालविरुद्धको खेल मात्र गुमाउने बताइएको छ।

लामो समय चोटका कारण मैदान बाहिर रहेपछि खेलमा फर्किएका उनले यसअघि आयरल्यान्डविरुद्धको सिरिजमा भारतीय टिमको कप्तानी गरेका थिए।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖