• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कोरियामा न्यौपाने सुतेकै अवस्थामा मृत भेटिए


  • धनकुटा खबर
  • .

दक्षिण कोरियामा रोजगारीमा रहेका झापाको बुद्धशान्तिका एकजना युवा मृत भेटिएका छन् ।

बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत बुद्धशान्ति-३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया पुगेका थिए । एक वर्षअघि विदामा घर आएर उनी रोजगारीका लागि फर्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार उनको चार दिनअघि मात्र परिवारसँग सम्पर्क भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖