• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटना: बुवाको निधनपछि घर धान्न कोरिया जान आएका थिए सुजन


  • धनकुटा खबर
  • .

ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउतको कोरिया जान भाषा परीक्षा पढ्न काठमाडौँ आएका थिए। गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो ।

गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन् ।

जिल्लाको महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

सुजनका मामा यमराज कटुवलकाअनुसार नेपालमा कसैगरी पनि काम नपाए पछि सुजन रोजगारीका लागि कोरिया जाने तयारीमा थिए । ‘भान्जाले ३ वर्षे ओभसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन्,’ मामा कटुवालले बिक्षिप्त हुँदै सिधाकुरासंग भने, ‘तर, भान्जा काठमाडौंमै अस्ताएको खबर आयो ।’

सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । घरमा सुजनको आमा र एक भाई छन् । मामा कटुवालकाअनुसार घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर सञ्चार माध्यामबाट आएपछि आमा नन्दकुमारी र भाइ अधद्र्दचेत अवस्थामा छन् ।

शुक्रबार दिउँसो करिब १२ वजे झडपमा परी घाइते भएका उनलाई उपचारको लागि किस्ट अस्पताल लगिएको थियो । चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यसपछि मेडिकल टिमले सिपिआर गरेपनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको थियो । उनको छातिमा निल डाम देखिएको छ ।-अन्नपूर्ण टाइम्स

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖