• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

समाजसेवी इशा गुरुङले वीरेन्द्र र सुजनको परिवारलाई १/१ लाख दिने


  • धनकुटा खबर
  • .

काठमाडौ । बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकका परिवारलाई सहयोग गर्ने घोषणा गरेकी छन्। शुक्रबार भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

समाजसेवी गुरुङले समाजिक सञ्जाल फेसबुकमार्फत् मृतकका परिवारलाई जनही एक÷एक लाख सहयोग घोषणा गरेका हुन्। उनले फेसबुकमा मृतक वीरेन्द्र र सुजनको तस्वीर राख्दै लेखेकी छिन्, ‘हिजो गोली हानी मारिएका यी २ युवा भाइहरूको परिवारलाई केही राहात होस् भनी रू १/१ लाख सहयोग गर्नेछु।’

आन्दोलनका क्रममा प्रहरीबाट वीरेन्द्र र सुजन मारिएका हुन्। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेपछि तनाव उत्पन्न भएको थियो।-नयां सन्देश

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖