• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

खेलाडी सवार बस दुर्घटना, धनगढीकी निताको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस कपिलवस्तुमा ट्रकसँग ठोक्किदा १४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

हेटौडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुपप्र०१००१ख ३३९२ नम्बरको बस र लु१त८६०८ नम्बरको ट्रक धानखोलामा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हरीबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको बताए । उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी पनि घाइते भएका छन् । उनीहरु बुटवलमा उपचार गरेर घर फर्किएका छन् । अन्य घाइते १० जना पनि समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖