• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा शुक्रबार बालकुमारीमा भएको प्रदर्शनका विषयमा छलफल तथा मृतकको परिवारलाई राहत दिने विषयमा निर्णय हुने बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूबिच बालकुमारी घटनाको विषयमा छलफल भएको थियो । बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत स्वरूप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖