• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईआईटी इन्डियामा मास्टर्स पढेका विद्यार्थीलाई त्रिविले दियो ब्याचलर सरहको मान्यता !


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारतको प्रख्यात शैक्षिक संस्था आईआईटी (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) बाट स्नातकोतर पूरा गरेका विद्यार्थीलाई स्नातक तह सरहको मान्यता मात्रै दिएको पाइएको छ । बागलुङका सजङ्ग पौडेललाई एक वर्ष अघि यस किसिमको समकक्षता प्रदान गरिएको विषय थाहा हुन आएको हो ।

आईआईटी खड्कपुरबाट एरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर पुरा गरेका पौडेलले समकक्षताका लागि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा निवेदन दिएका थिए । तर २४ कात्तिक २०७९ मा विश्वविद्यालयले उनलाई एक तह घटुवा हुने गरी समकक्षताको प्रमाणपत्र थमाइदियो ।

समकक्षता प्रमाणपत्रमा शाखा अधिकृत द्वय नोदनाथ त्रिताल र पुरुषोत्तम खकुरेल तथा समकक्षता शाखा प्रमुख सुशील दाहालको हस्ताक्षर छ ।

पौडेलले टेकपानासँगको कुराकानीमा त्रिविको त्रुटि र लापरबाहीले यस्तो भएको हुन सक्ने बताए । “मैले मास्टर्सको इक्कुभ्यालेन्सी ब्याचलर हुने गरी सर्टिफिकेट कसरी बन्यो भन्ने विषयमा विश्वविद्यालयमा सोधेको थिएँ,” उनले भने, “तर त्यसको सिधा जवाफ नै पाउन सकिनँ । न त सोझै यो विषयसँग प्रत्यक्ष जिम्मेवार मान्छेसँग पनि कुरा हुन पाएन ।”

विश्वविद्यालयले आफूलाई त्यही समकक्षता प्रमाणपत्र लिने क्रममा कहिले क्यारेक्टर सर्टिफिकेट नपुगेको, कहिले के भएन भनेर झुलाएर दुःख दिइएको उनले सुनाए । “त्यतिबेला म अमेरिकामा पीएचडी सकेर रोजगारी गर्दै थिएँ,” पौडेलले अगाडि भने ।

“मलाई यसले पछि पार्न सक्ने समस्याको विषयमा त्यति धेरै थाहा पनि थिएन । तर केही महिनापछि समस्यामा परेपछि म फर्केर त्रिभुवन विश्वविद्यालय कहिल्यै गइनँ । मैले यो विषयमा दुख पाएपछि अब केही हुने वाला छैन भनेर आफ्नो बाटो लागें ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖