• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

नवलपुर,चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०र५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो ।

वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पुरुषको अझै पहिचान खुलेको छैन ।

यस्तै शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी थिइन । उनको पनि मृत्यु भएको छ । सोमबार बिहान पनि पहिचान नखुलेकी अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फाल्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖