• Sunday 4th of October 2026

कतारले नेपाललाई दियो ७५ रनकाे लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडाैं । आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्रको छनोट अन्तरगत नेपालले जितका लागि ७५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कतारले २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रन जोड्यो ।

कतारका लागि िसाची धडवालले २१ रन बनाइन् । यस्तै एलीना खानले १५ रन जोड्दा आयशा मोहमदले १० रन बनाइन् । एन्जिलिना मारे १४ रनमा अविजित रहिन् ।

बलिङतर्फ नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् ।

यस्तै पूजा महतो र कविता जोशीले १ १ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖