• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु


  • धनकुटा खबर
  • .

बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते छन् ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह रहेकी छन्। अर्का एक पुरूषको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए ।
दुर्घटनामा परी स्थानीय २५ वर्षीया साहाना शाह घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेपालगञ्ज – १८ कारकाँदोमा सु–प–प–०१००१ च् ३४६४ नम्बरको गाडीले गएराति साढे १२ बजेतिर पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएको थियो ।

उनीहरू अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेको हुन सक्ने प्रहरीको अनुमान छ। चालक कैलाली, लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा चालक पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।
तीव्र गतिमा गुडिरहेको गाडीको टायर पड्किएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ।

‘तीव्र गतिमा गुडिरहेको गाडीको अगाडिको टायर एकाएक पड्किएपछि सन्तुलन खलबलिएर सडकमा हिँडिरहेका यात्रुलाई ठक्कर दिएजस्तो देखिएको छ,’ डिएसपी डाँगीले भने, ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖