• Monday 5th of October 2026

‘मिसन सेक्रेट’ भन्दै नेपाल आइपुगे विश्वचर्चित युट्युब स्टार मिस्टर बिस्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युब स्टार’ मिस्टर बिस्ट नेपाल आइपुगेका छन् । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टिम नेपाल आएको जानकारी आफ्नै युट्युब भिडियोबाट दिएका छन् ।

मिस्टर बिस्ट सन् २०२३ मा टि-सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् ।

विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ । उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेका बताएका छन् । भिडियोमा उनी डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको देखिन्छ ।

नेपाल आइपुगेको गोप्य कारण भने नयाँ वर्ष २०२४ मा मात्र खुलाउने उनको भनाइ छ । यद्यपि, उनको नेपालको ‘मिसन सेक्रेट’ परोपकारी कार्यबाट प्रेरित रहेको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖