• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘न्यायाधीश साथी हो, मुद्दा मिलाइदिन्छु’ भन्दै ठगी


  • धनकुटा खबर
  • .

काठमाडौँ । न्यायाधीशहरू आफ्नो सहपाठी रहेको भन्दै मुद्दा मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहपट्टी नगरपालिका–७ घर भई हाल काठमाडौँको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वरप्रसाद शर्मा रहेका छन् ।

शर्माले बैंकिङ कसुर मुद्दामा थुनामा रहेकाहरूलाई सजिलै मुद्दामा कानुनी उन्मुक्ति दिलाउने विश्वास दिलाई विभिन्न बैंक खातामा १० लाख १६ हजार रुपैयाँ लिएर ठगी गरेका थिए ।

उनलाई गत पुस १३ गते काठमाडौँको थापागाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖