• Tuesday 6th of October 2026

भूकम्पमा परी जापानमा ४८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । मध्य जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा घटनाबारे जानकारी गराएका हुन् ।

‘प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ, हामी मार्गहरू सुरक्षित गर्ने तरिकाबारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,’ एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तिमा १५५ वटा भूकम्पका धक्का अनुभन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖