• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यि रहेछन् स्याङ्जाका अर्याल, जो सेनाको जागिर छोडेर रुस पुगेर युद्दमा मारिए


  • धनकुटा खबर
  • .

वालिङ, पुस १७ गते। रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुग्नु भएको हो। गत कार्त्तिक ३ गते दुबईबाट रुस गएको परिवारले जनाएको छ। केही समय दुबई बसेर अर्याल रुस जानु भएको हो।

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई हरिको मृत्यु भएको सूचना दिएको वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले जानकारी दिनुभयो।

डिसेम्बर ३ मा घटनामा भएको तर डिसेम्बर २८ मा मात्रै खबर आएको जानकारी परराष्ट्र मन्त्रालयले गराएको वडा अध्यक्ष कुँवरले जानकारी दिनुभयो। उहाँले आफूलाई मङ्गलाबार दिउसो विभागबाट फोन आएको जानकारी दिनुभयो।

रुसी सेनामा भर्ती भएपछि अर्याल निरन्तर परिवारको सम्पर्कमा रहनु भएको थियो। घटना हुनु भन्दा एक दिन अगाडिसम्म सम्पर्कमा रहेको परिवारले जनाएको छ।

अर्यालले सामाजिक सञ्जाल फेसबुकमा सेनामा भर्तीभएका र साथीसँगै हिँडेका भिडियो र तस्बिर राख्नु भएको देखिन्छ।

यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका ५ का पितम कार्कीको मृत्यु भएको थियो। यो सँगै जिल्लाबाट रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ। -राधाकृष्ण डुम्रे/गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖