• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाबाट ‘पार्सल’ आएको गाँजासहित ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

अमेरिकाबाट ‘पार्सल’ आएको गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ तोलशिववारी बस्ने २२ वर्षीय नैमोदिन मियाँ, छपकैया बस्ने २७ वर्षीय जितेन्द्र साह सोनार र २२ वर्षीय कृष्ण सराफ रहेको प्रहरीले जनाएको छ।

लागुऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई बाराको कलैया उपमहानगरपालिका-१ मोतीबागस्थित रहेको हुलाक कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १ किलो १४६ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार अमेरिकाबाट पार्सलका रूपमा लागुऔषध आएको सूचनाका आधारमा त्यो प्राप्त गर्ने व्यक्तिको खोजतलासमा प्रहरी जुटेको थियो।

पक्राउ परको तीनै जना विरूद्ध लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको डिएसपी न्यौपानेले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖