• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १८ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖