• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गर्भवती महिलामाथि बलात्कार, मुद्दा दर्ता गर्न गएका श्रीमान र देवर पनि पक्राउ


  • धनकुटा खबर
  • .

बाजुराः बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि बलात्कार गरेको आरोपमा जंगसिंह बुढा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराका अनुसार प्रहरीले पीडित महिलाका श्रीमान् रुपचन्द्र सुनार र देवर अम्मर सुनारलाई समेत पक्राउ गरेको छ ।

बलात्कारमा संलग्न आरोप लागेका बुढालाई उनीहरूले कुटपिट गरेका थिए । सुनार पक्षले जवरजस्तीकरणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने बुढा पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ ।

दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । पीडित महिलाका आफन्तले भने मुद्दा लिएर गएका श्रीमान र देवरलाई डीएसपी बोहराले थुनेको आरोप लगाएका छन् भने डीएसपी बोहराले सो समयमा आफू जिल्लामा नरहेको बताएका छन् ।
-नयाँ सन्देश

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖