• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कथित जनयुद्ध नेपाल कमजोर बनाउन भारतीय स्वार्थमा थियो भन्ने प्रचण्ड आफैले पुष्टि गरे :रावल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको जमेरै विरोध गरेका छन् ।

नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यले सम्झौता गरिएको भन्दै उनले सशक्त रूपमा यसको निन्दा र विरोध गर्न आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै बेला भएकाले कथित जनयुद्ध पनि भारतको स्वार्थमा भएको थियो भन्ने पुष्टि भएको बताए ।

उनले भने, ‘यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिँड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन।यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन !’

यस्तो छ भीम रावलको धारणा

विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल प्रचण्डले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफूखुसी २० करोडका आयोजना सञ्चालन गर्न पाउने कुकृत्य भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदाङ्ग भएको छ । नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौँ !

यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिँड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन । यो षडयन्त्र देशको स्वाधीनता र समृद्धि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖