• Tuesday 6th of October 2026

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा


  • धनकुटा खबर
  • .

सोमालियाको तटीय क्षेत्रमा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा परेको छ। भारतीय नौसेनाका अनुसार बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको हो।

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रवार बताएका छन्।

सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन्।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ। भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन्। रासस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖