• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काउलीभन्दा बन्दा दोब्बर महँगो


  • धनकुटा खबर
  • .

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज काउलीभन्दा बन्दाको भाउ दोब्बर महँगो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज स्थानीय काउलीको भाउ १५ देखि २५ रूपैयाँ प्रतिकिलो छ।

लोकल बन्दाको भाउ ३० देखि ४० रूपैयाँ प्रतिकिलो तोकिएको छ। तराईको बन्दाको २० देखि ३० देखि ३० रूपैयाँ प्रतिकिलो छ।
ज्यापु काउली २५ देखि ३० रूपैयाँ, तराई काउली १५ देखि २५ रूपैयाँ र ब्रोकाउलीको भाउ ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

आज नेपाली र भारतीय ठूलो गोलभेँडाको भाउ समान ५० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

लोकल सानो गोलभेँडा १० देखि १६ रूपैयाँ प्रतिकिलो र टनेलको सानो गोलभेँडा र तराई सानो गोलभेँडाको भाउ समान २० देखि ३० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तो भारतीय रातो आलु नेपाली रातो आलुभन्दा किलोमा ४ रूपैयाँ सस्तो छ।नेपाली रातो आलुको भाउ प्रतिकिलो ३४ देखि ३६ रूपैयाँ प्रतिकिलो छ भने भारतीय रातो आलुको भाउ ३० देखि ३२ रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै आज भारतीय प्याज चिनियाँ प्याजभन्दा १५ रूपैयाँ महँगो छ। चिनयाँ प्याजको भाउ ६० देखि ६५ रूपैयाँ प्रतिकिलो हुँदा भारतीय प्याजको भाउ ८५ देखि ९० रूपैयाँ प्रतिकिलो छ।

आज कन्य च्याउको भाउ १६० देखि २०० रूपैयाँ प्रतिकिलो छ भने डल्ले च्याउको भाउ २८० देखि ३२० रूपैयाँ प्रतिकिलो छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖