• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालिका र महिलालाई यौनधन्दामा लगाउने तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

लेखनाथ, पुस २१ गते । कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ । -फडिन्द्र अधिकारी/गोरखापत्र अनलाइन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖