• Tuesday 6th of October 2026

बंगलादेशमा चुनावको २ दिन अगाडि हिंसा : रेलमा आगजनी, ४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

ढाका । शुक्रबार राति करिब ९ः३० बजे बेनापोलबाट ढाका जाँदै गरेको यात्रुवाहक रेलमा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको बंगलादेशको दमकल सेवाले जनाएको छ । र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले घटनास्थलमा पत्रकारहरूलाई अहिलेसम्म रेलभित्रबाट चारजना शव निकालिएको छ।

ढाकाको कमलापुर रेलवे स्टेसन पुग्नुअघि राति गोपीबाग खाचा बजार क्षेत्रमा उक्त घटना भएको अग्नि नियन्त्रण कक्षले जनाएको छ । रेलका केही डिब्बामा आगलागी देखिएको र रेल त्यहाँ रोकिएपछि स्थानीयले आगो निभाउने प्रयास गर्न थालेको बताइएको छ । केही समयमै दमकलका टोली त्यहाँ पुगेका थिए ।

यो घटना देशमा आम निर्वाचनको मतदान सुरु हुनुभन्दा करिब ३५ घण्टा अगाडि भएको हो । ढाका महानगरीय प्रहरी अतिरिक्त आयुक्त महेदुद्दीनले आगलागीबाट रेलका तीनवटा डिब्बामा क्षति पुगेको बताए ।

मोइनले भने, ‘यो आगजनी सुनियोजित हो भन्ने प्रष्ट छ। यस घटनाको उद्देश्य मानिसलाई डराउने र उनीहरूको सामान्य जीवन बिगार्नु हो। जसले यस्तो गरेको छ, उसलाई कानुनको दायरामा ल्याइनेछ।’ उनले यस घटनाको रेलवे अधिकारी र गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖