• Monday 5th of October 2026

मनोरञ्जन उद्योगबाहिरका नयाँ पार्टनरसँग डेटको सोचमा एन्जेलिना जोली


  • धनकुटा खबर
  • .

काठमाडौं । रिपोर्टलाई पत्याउने हो भने हलिउड अभिनेत्री एन्जेलिना जोली पुनः डेट गर्न इच्छुक छिन् । यी अभिनेत्रीलाई हालै न्युयोर्क सहरमा १९ वर्षीय छोरा प्याक्स र १८ वर्षीया छोरी जहारासँगै अपार्टमेन्ट खोज्दै गरेको बेला देखियो ।

स्रोतको दाबीअनुसार एन्जेलिना हलिउड सहर लस एन्जलस छाडेर न्युयोर्कको म्यानहटनमा नयाँ जीवनको थालनी गर्न चाहन्छिन् । स्रोतका अनुसार उनी ठाउँ मात्र नयाँ होइन, नयाँ पार्टनरको खोजीमा समेत छिन् ।

‘एन्जेलिना अब मनोरञ्जन उद्योगमा काम गर्ने टाइपका मानिसलाई पार्टनर बनाउन चाहँदिनन्,’ उनको डेटिङ प्राथमिकताबारे स्रोतले भन्यो, ‘उनी कलाको बारेमा भावुक भएका रोचक मानिसलाई भेट्न चाहन्छिन् ।’

यसबाहेक स्रोतले यो पनि भन्यो कि ६ सन्तानकी आमाले आफ्नो मापदण्ड मिल्ने पुरुषसँग मात्र डेट गर्न खोजिरहेकी छन् । ‘उनी आफ्नो मापदण्ड अनुसार मापन गर्ने कोहीलाई भेट्न खोज्दैछिन् । यदि त्यस्ता व्यक्ति भेट्ने सम्भावना कम रहे पनि,’ स्रोतले भन्यो ।

एन्जेलिना आफ्ना दुई बच्चा प्याक्स र जहारासँग न्युयोर्कको सडकमा घुमिरहेकी थिइन् । सेतो ट्रेन्च कोट लगाएकी अभिनेत्री आकर्षक देखिएकी थिइन् ।

‘एन्जेलिनाले आफ्नो समयलाई न्युयोर्क र लस एन्जलसबीच विभाजन गर्ने तयारी गरिरहेकी छिन्,’ स्रोतले उनको योजना खुलाउँदै भन्यो, ‘उनी साँच्चै काम र सक्रियतामा रहन रुचाउँछिन् । साथै उनी संसारको ठूलो सहरमध्येमा रहन पाउँदा उत्साहित पनि छिन् ।’

जे भए पनि एन्जेलिना लस एन्जलसबाहिर नयाँ जीवनको खोजी गरिरहेकी छन् । यस वर्षको सुरुमा उनले आफ्नो दिगो फेसन ब्रान्ड एटेलियर जोलीको घोषणा गरिन् । यो ब्राण्डको मुख्यालयको उद्घाटन शरद ऋतुमा न्युयोर्कमा हुनेछ । ‘एन्जेलिनाले आफूलाई डिजाइनर वा उत्कृष्ट व्यवसायी पनि मान्दिनन्, तर उनी एक कलाकार हुन्,’ स्रोत भन्छ, ‘एटेलियर जोली उनको लागि आफैंको त्यो अंश व्यक्त गर्ने तरिका हो ।’

एन्जेलिना म्याडक्स (२१), प्याक्स (१९), जहारा (१८), शिलो (१७) र १५ वर्षीय जुम्ल्याहा नाक्स र भिभियनकी आमा हुन् । पूर्वपति ब्राड पिटबाट उनले उनले यी सन्तान प्राप्त गरेकी थिइन् । यो पूर्वदम्पती अहिले वर्षौंदेखि आफ्ना छोराछोरीको हिरासतलाई लिएर अदालतको मुद्दामा फसेको छ ।

एन्जेलिना आफ्ना छोराछोरीलाई बुबा ब्राडसँग नजिक राख्न लस एन्जलसमा बसिरहेकी छिन् । तर केटाकेटी हुर्कंदै जाँदा उनीहरुलाई आफूसँगै अर्को सहरमा लैजान सजिलो हुन्छ । ‘एन्जेलिनालाई प्याक्स र जहारालाई न्युयोर्कमा लैजान ब्राडको अनुमति चाहिंदैन किनभने तिनीहरू अहिले कानुनी रुपमा वयस्क भइसकेका छन्,’ स्रोतले भन्यो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖