• Sunday 4th of October 2026

भारतविरुद्धको खेलमा खेलाडीलाई सिटिजन्स लाइफको हौसला, प्रत्येक एक छक्कमा १ लाख !


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध खेलिरहेको नेपाली टोलीलाई विभिन्न क्षेत्रले हौसला थपिरहेका छन् ।

यसैक्रममा सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले प्रत्येक छक्का प्रहारमा १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी सेयर गर्दै खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

यस्तै, भारतका बलरविरुद्ध नेपाली ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार दिने समेत कम्पनीले जनाएको छ ।

यसबाहेक, भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई समेत प्रति विकट ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । एसिया कपको दोस्रो खेलमा नेपालले यतिबेला भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । यसअघि पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖