• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यिनै हुन् सर्लाहीको बरहथवा झडपमा मारिने युवा !


  • धनकुटा खबर
  • .

काठमाडौं । अस्पतालका लागि भएको विवादले हिजो सर्लाहीको बरहथवामा झडपको रूप लियो । प्रहरीले गोली चलाउँदा एक जना युवाको ज्यान नै गयो । झडपमा मारिने ती युवा को थिए ? र उनको मृत्यु कसरी भयो ?

सर्लाहीको बरहथवामा रहेको इलाका प्रहरी कार्यालय छेउमै छ-सर्लाही होटेल । होटेल सञ्चालक बरहथवा नगरपालिका-६ का बासिन्दा २९ वर्षीय जयशंकर साह शुक्रबार नगरपालिका अगाडि भएको प्रदर्शनमा सहभागी थिएनन् । तर, सोही प्रदर्शनका कारण चलेको गोलीका कारण उनको जीवन नै समाप्त भयो ।

प्रहरीको गोली लागेर सडकमा ढलेका जयशंकरको अस्पतालसँग कुनै लेनादेना पनि थिएन । प्रहरी नै भन्छ- उनी प्रदर्शनमा सहभागी थिएनन् । आन्दोलन चर्किएकाले शुक्रबार बिहानै होटेलको सटर उनैले बन्द गर्न लगाएका थिए । दाना उद्योगमा गई फर्किरहेका बेला प्रहरीको गोली लागेका उनी कहिल्यै नउठ्ने गरी ढले ।

बुवा बंगाली साह र आमा कलावती देवीको एक्ला छोरा थिए उनी । बंगलादेशमा एमबीबीएसको अध्ययन गरिरहँदा कोभिड महामारीमा उनको बुवा बंगाली साहको मृत्यु भएको थियो । एमबीबीएसको पढाइ छोडेर फर्किएका उनी बुबाको व्यापार हेर्नमै व्यस्त भए । साहका चार दिदी बहिनी छन् ।

जयशंकरको मृत्युपछि प्रशासनले कर्फ्यु लगाउँदा सडक सुनसान छ भने मृतक साहकी आमा कलावतीको रोदनले टोल शोकमग्न छ । बिरामीको अकालमा ज्यान जानबाट जोगाउन नगर अस्पताल बन्यो तर त्यो सुरु नहुँदै एक नागरिकको व्यर्थमै ज्यान गयो ।-जितेन्द्र झा/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖