• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम


  • धनकुटा खबर
  • .

काठमाण्डाै – देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आज पनि हिमपातको सम्भावना छ ।

तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖