• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

केकभित्र गाँजा राखेर बेच्ने बिशान मानन्धर घट्टेकुलोबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ पुष । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

यसरी केकभित्र गाँजा राखेर बेच्ने गरेका काठमाडौंको घट्टेकुलोबाट २६ वर्षीया विशान मानन्धरलाई पक्राउ परेका हुन् ।

ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै युरोका अनुसार मानन्धरले गाँजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पु¥याउने गरेका थिए । इन्स्टाग्राममा अकाउन्ट र ब्याम्बु डट ओओएनजी बनाएर त्यसमार्फत उनले ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖